सगरमाथा आरोहीको विश्वशान्ति यात्रा || पूर्वतयारीका लागि क्युएए प्राप्त क्याम्पसहरुसँग अनुभव आदान प्रदान कार्यक्रम || विश्वशान्ति चिरन मिलन क्याम्पसको पाँचौँ क्याम्पससभा : सहकार्य, सन्तुलन र सृजनको एक अध्याय || विश्वशान्ति चिरन मिलन क्याम्पसद्वारा आधारभूत प्राणिक उपचार कार्यक्रमको सफल आयोजना || अनुसन्धानमूलक एक दिन कार्यशाला गोष्ठी सम्पन्न || विश्वशान्ति चिरन मिलन क्याम्पस प्राध्यापक सङ्घ इकाइ गठन । || विद्यार्थी गुणस्तर परिषद् गठन 2082 || विश्वशान्ति चिरन मिलन क्याम्पसमा विद्यार्थी गुणस्तर परिषद् सक्रिय, सरसफाइ अभियानबाट सुरु भयो ‘नयाँ यात्रा’ || विश्वशान्ति चिरन मिलन क्याम्पसद्वारा Corporate Accounting Training सम्पन्न || विश्वशान्ति चिरन मिलन क्याम्पसमा वार्षिक खेलकुद कार्यक्रम सुरु 2082 || सामुदायिक क्याम्पस रूपान्तरणमा नीतिगत बहस : वित्तीय दिगोपनदेखि डिजिटल रूपान्तरणसम्म गहिरो विमर्श || सरसफाइ अभियान सम्पन्न स्वास्थ्य सचेतना, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वतर्फ विश्वशान्ति चिरन मिलन क्याम्पसको सक्रिय पहल काठमाडौं, वैशाख २२ — सरसफाइ अभियान सम्पन्न स्वास्थ्य सचेतना, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वतर्फ विश्वशान्ति चिरन मिल || हिलोसँग संस्कृति, सिर्जनासँग उत्सव : विश्वशान्ति चिरन मिलन क्याम्पसमा धान दिवस र असार १५ गजलको गुञ्जनबीच उल्लासपूर्ण रूपमा सम्पन्न ||
हिलोसँग संस्कृति, सिर्जनासँग उत्सव : विश्वशान्ति चिरन मिलन क्याम्पसमा धान दिवस र असार १५ गजलको गुञ्जनबीच उल्लासपूर्ण रूपमा सम्पन्न
16
Sep

हिलोसँग संस्कृति, सिर्जनासँग उत्सव : विश्वशान्ति चिरन मिलन क्याम्पसमा धान दिवस र असार १५ गजलको गुञ्जनबीच उल्लासपूर्ण रूपमा सम्पन्न

हिलोसँग संस्कृति, सिर्जनासँग उत्सव : विश्वशान्ति चिरन मिलन क्याम्पसमा धान दिवस र असार १५ गजलको गुञ्जनबीच उल्लासपूर्ण रूपमा सम्पन्न
काठमाडौं, असार १५। नेपाली समाजमा कृषिप्रधान जीवनशैली, श्रमको सम्मान र सांस्कृतिक एकताको प्रतीकका रूपमा मनाइने राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा विश्वशान्ति चिरन मिलन क्याम्पसले यस वर्ष पनि विविध सिर्जनात्मक तथा सांस्कृतिक कार्यक्रमका साथ उत्सव सम्पन्न गरेको छ। धान रोपाइँको सांस्कृतिक महत्वलाई आत्मसात् गर्दै विद्यार्थीहरूको साहित्यिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित गजल वाचन प्रतियोगिता तथा दही–चिउरा भोज कार्यक्रमले क्याम्पस परिसरलाई उल्लासमय बनाएको थियो।
नेपालको कृषिमा धान प्रमुख अन्नबाली हो। असार १५ लाई किसानका लागि खेतमा रोपाइँको चटारो सुरु हुने दिनका रूपमा लिइन्छ। हिलोमा रमाउँदै श्रम गर्ने, एकअर्कालाई साथ दिने र दही–चिउरा खाएर उत्सव मनाउने परम्पराले नेपाली समाजमा श्रम, सहकार्य र प्रकृतिप्रतिको सम्मानलाई उजागर गर्छ। पछिल्ला वर्षहरूमा यो दिन केवल कृषकहरूको मात्र नभई सम्पूर्ण नेपालीको सांस्कृतिक पर्वका रूपमा स्थापित हुँदै गएको छ। यही राष्ट्रिय भावनालाई आत्मसात् गर्दै क्याम्पसले शिक्षा, साहित्य र संस्कृतिलाई एउटै सूत्रमा बाँध्ने प्रयास गरेको देखिन्थ्यो।
विद्यार्थी गुणस्तर परिषद्को सक्रिय आयोजनामा सम्पन्न गजल वाचन कार्यक्रम परिषद्का उपाध्यक्ष अनिष गुरुङ ले सञ्चालन गरेका थिए। खेलकुद तथा अतिरिक्त क्रियाकलाप संयोजक उपप्राध्यापक सुबास प्याकुरेल को सभापतित्वमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख नेत्रप्रसाद न्यौपाने प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रम राष्ट्रगानबाट औपचारिक रूपमा प्रारम्भ भएको थियो। त्यसपछि प्रमुख अतिथि न्यौपानेले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कक्षा १२ मा अध्ययनरत दानकुमारी श्रेष्ठ ले उपस्थित अतिथि, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दै कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो।
गजल वाचन प्रतियोगितामा विभिन्न तहका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा सिर्जना गिरी, कुमार कार्की, मनमाया गुरुङ, पम्फा परियार, अनिष गुरुङ, निशान्त बुढाथोकी, मिलन राई, हेमचन्द्र दाहाल, सुस्मा लामिछाने, लेखराज पाण्डेय तथा चन्द्र पाचे मगर ले आफ्ना मौलिक गजल प्रस्तुत गरेका थिए। प्रेम, समाज, जीवन, संघर्ष, आशा र समकालीन यथार्थलाई विषयवस्तु बनाइएका गजलहरूले कार्यक्रममा साहित्यिक वातावरण सिर्जना गरेका थिए।
प्रतियोगिताको मूल्याङ्कन उपप्राध्यापक सुदर्शन अधिकारी र सम्झना सापकोटा सम्मिलित निर्णायक मण्डलले गरेका थिए। प्रस्तुति, भाषिक शुद्धता, भाव सम्प्रेषण, लय तथा मौलिकतालाई आधार मानेर गरिएको मूल्याङ्कनपछि निर्णायक समूहका संयोजक अधिकारीले नतिजा सार्वजनिक गर्नुभएको थियो।
प्रतियोगितामा अनिष गुरुङ प्रथम, हेमचन्द्र दाहाल द्वितीय, सुस्मा लामिछाने तृतीय तथा पम्फा परियार सान्त्वना स्थान हासिल गर्न सफल हुनुभयो। विजेताहरूलाई बधाई दिइएको थियो भने सहभागी सबै विद्यार्थीहरूको सिर्जनात्मक प्रयासको प्रशंसा गरिएको थियो।
औपचारिक प्रतियोगिता सम्पन्न भएपछि केही विद्यार्थीहरूले अप्रतियोगी रूपमा कविता, गीत तथा गजल प्रस्तुत गरी कार्यक्रमलाई थप जीवन्त र मनोरञ्जनपूर्ण बनाएका थिए। उनीहरूको प्रस्तुतिले साहित्यप्रतिको विद्यार्थीहरूको रुचि र सिर्जनशीलतालाई अझ उजागर गरेको थियो।
कार्यक्रमको समापनमा सभापतिले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी, निर्णायक, आयोजक तथा उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सिर्जनात्मक कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकास, अभिव्यक्ति क्षमता र साहित्यिक चेतनाको विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
गजल वाचन कार्यक्रमपछि नेपाली परम्पराअनुसार असार १५ दही–चिउरा खाने कार्यक्रम सम्पन्न गरिएको थियो। क्याम्पसले सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीका लागि दही–चिउराको विशेष व्यवस्था गरेको थियो। सबैले एकै स्थानमा बसेर दही–चिउराको स्वाद लिँदै आपसी सद्भाव, आत्मीयता र सहकार्यको भावना साटासाट गरेका थिए। यसले क्याम्पसलाई केवल अध्ययन–अध्यापनको केन्द्र मात्र नभई नेपाली संस्कृति, परम्परा र सामाजिक मूल्यको संरक्षण तथा प्रवर्द्धन गर्ने साझा थलोका रूपमा पनि स्थापित गरेको अनुभूति गराएको थियो।
साहित्यिक सिर्जना, सांस्कृतिक चेतना र नेपाली मौलिक परम्पराको सुन्दर संयोजनका रूपमा सम्पन्न यस कार्यक्रमले विद्यार्थीहरूमा राष्ट्रिय संस्कृति, श्रमप्रतिको सम्मान र सिर्जनात्मक अभिव्यक्तिप्रतिको आकर्षण अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको क्याम्पसले जनाएको छ

https://www.facebook.com/share/r/17rz4WiC1d/

Latest News & Events
WhatsApp